सरस्वती मावि दिक्तेललाई पुर्वविद्यार्थीले दियो सरस्वतीको मुर्ती

खोटाङ, २५ माघ । खोटाङको दिक्तेलस्थित सरस्वती माविलाई एक पुर्वविद्यार्थीले सरस्वतीको मुर्ती प्रदान गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा निगाले निवासी पुर्वविद्यार्थी लक्ष्मण थापाले सरस्वती माविलाई सरस्वतीको धातुको मुर्ती प्रदान गरेका हुन् । माघ २५ गते विद्यालयमा आयोजित कार्यक्रममा पुर्वविद्यार्थी थापाले विद्यालयलाई सरस्वतीको एक थान मुर्ती हस्तान्तरण गरेका हुन् ।

सरस्वतीको मुर्ती हस्तान्तरण कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई, विव्यास अध्यक्ष इन्दिरा बस्नेत, प्रधानाध्यपक शिवहरी ढकाल, विव्यास सदस्य लगायतको उपस्थिति रहेको थियो ।

सरस्वतीको मुर्ती प्रदान गर्ने थापा २०४९ सालको एसएलसी ‘व्याच’का विद्यार्थी हुन् । हाल बिराटनगर बस्दैआएका थापाले विद्यालयको प्रगतीको कामना सहित सरस्वतीको मुर्ती प्रदान गरेको बताएका छन् । थापा सरस्वती माविको संस्थापकमध्ये राइटर रत्नबहादुर थापाका नाती हुन् ।