काठमाडौंमा दिरुमनपाको शैक्षिक सुझाव संकलन

खोटाङ, ६ पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी शैक्षिक–सत्रलाई शैक्षिक जागरण वर्षको रूपमा मनाउने तयारी थालेको छ । शैक्षिक जागरण वर्षको पुर्व तयारीमा नगरपालिकाले काठमाडौंमा पुगेर शैक्षिक क्षेत्रमा कार्यरत विज्ञहरुबाट सुझाव संकलन गरेको छ ।

शैक्षिक जागरण वर्षलाई थप प्रभावकारी बनाउन पुस ६ गते नयाँ बानेश्वरमा शैक्षिक सुझाव अभियान कार्यक्रम गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए । शैक्षिक जागरण वर्षको खाकालाई परिस्कृत र फलदायी बनाउन विज्ञहरुको सुझाव संकलन गरिएको नगरपालिकाले जनाएको छ ।

नगरको शैक्षिक सुझाव अभियान कार्यक्रममा मावधप्रसाद अधिकारी, डा. तोयानाथ खनाल, डा. बिष्णु राई, डा. धनप्रसाद सुबेदी, जयकुमार राई, डा. राजकुमार राई, कुमारीकमला राई लगायतको सहभागीता रहेको थियो ।