हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख आचार्य छोरासहित मृत फेला

खोटाङ, ८ पुस । जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख कुलप्रसाद आचार्य छोरासहित मृत फेला परेका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय आचार्य र उनका कान्छो छोरा २२ वर्षका प्रविण आचार्य भक्तपुरको सुर्यबिनायक नगरपालिका–२ बालकोटमा कोठामा मृत फेला परेका हुन् ।

आचार्य खोटाङबाट केही दिनअघि मात्रै जेठो छोरो मिलन आचार्य र कान्छो छोरो प्रविण बसिरहेको बालकोट पुगेका थिए । पुस ८ गते बिहान बाहिरबाट चाँबी लगाएको कोठाभित्र बाबु छोरा हत्या गरेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । बाबुछोराको मृत्युको अपुष्ट खबर आएको खोटाङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । आफन्तहरुले भने आचार्य बाबुछोराको मृत्यु भएको पुष्टी गरेका छन् ।

बाबु छोराको शरीरमा चोट देखिएको छ । सँगै बसिरहेका जेठो छोरो भने सम्पर्क बिहिन छन् ।