खोटाङमा छैन भूकम्पको असरः प्रहरी

खोटाङ, २३ पुस । चिनमा गएको शक्तिशाली भूकम्पको धक्का नेपालमा पनि महसुस गरिएको छ । नेपालमा पुस २३ गते बिहान ६.५० बजे भूकम्पको धक्का महसुस गरिएको हो । चाइना भूकम्प नेटवर्क सेन्टर (सीईएनसी)का अनुसार तिव्वतको डिङ्गी काउन्टी नजिक ६.९ रेक्टरको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भने ७ रेक्टरको भूकम्प गएको उल्लेख गरेको छ । भूकम्पका कारण नेपालमा भएको क्षतीको विवरण आउन बाँकी छ ।

खोटाङमा भने हालसम्म भूकम्पीय क्षती भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले क्षती भए तत्काल नजिकको प्रहरी कार्यालयलाई जानकारी दिन आग्रह गरेको छ ।