खोटाङ, २० पुस । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा नेपाल निजामती कर्मचारी संगठन र स्वास्थ्यकर्मी महासंघ नेपालको नेतृत्व चयन गरिएको छ । नेपाल निजामती कर्मचारी संगठन र स्वास्थ्यकर्मी महासंघको पुस २० गते सम्पन्न प्रथम पालिका अधिबेसनबाट नयाँ कार्य समिति बनाइएको हो ।
अधिबेसनबाट मुकेस गेलालको अध्यक्षतामा ११ सदस्यीय नेपाल निजामती कर्मचारी संगठनको पालिका समिति चयन गरिएको छ । कर्मचारी संगठनको पालिका उपाध्यक्षमा एल्बी मगर, सचिवमा यमनलाल श्रेष्ठ, सह–सचिव भुपराज कटुवाल र कोषाध्यक्षमा मिना तामाङ चयन भएका छन् ।
यस्तै, सौरव राई, प्रतिभा राई, हरिहर दाहाल, शान्ता बिक, जीवन घिमिरे र मणिराज मगर सदस्य चुनिएका छन् । अधिबेसनले शुवास राईको संयोजकत्वमा दिनेश बस्नेत र युवराज भट्टराई सदस्य रहेको तीन सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।
यस्तै, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पालिका अध्यक्षमा सुरेश प्रधान चयन भएका छन् । ११ सदस्यीय स्वास्थ्यकर्मी महासंघको उपाध्यक्षमा तेजबहादुर थापा, सचिवमा राजन दंगाल, सह–सचिवमा रमेशकुमार यादव र कोषाध्यक्षमा चन्द्रीमायाँ राई चयन भएका छन् ।
सदस्यहरुमा जेनिसा राई, मिरा राई, शुशिला राई, बलराम मगर, निर्मला खत्री र कौशिला आचार्य छानिएका छन् । मुरारीप्रसाद सिग्देल संयोजक तथा डा. मन्दिप उप्रेती, भक्तिराज राई र कैलास खत्री सदस्य रहेको सल्लाहकार समिति निर्वाचित गरिएको छ ।
अधिबेशनमा नेकपा एमाले प्रदेश कमिटी सदस्य चर्च बिक, एमाले खोटाङका पुर्वअध्यक्ष एवं प्रदेश स्कुल बिभाग सचिव रामप्रसाद दंगाल, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको केन्द्रिय निर्वाचन आयोग सदस्य एवं नेपाल निजामति कर्मचारी संगठनको केन्द्रिय प्रतिनिधि तिर्थराज आचार्य, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको जिल्ला सह–सचिव सचिन श्रेष्ठ, एमाले सचिवालय सदस्य लोकेन्द्र राई, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला उपाध्यक्ष ईश्वरकुमार लम्साल, नेपाल निजामति कर्मचारी संगठनका जिल्ला सल्लाहकार सदस्य रामकाजी नेपाल, युवासंघ नेपालका नेता सोमराज राई, जिल्ला सहकारी बिभाग सचिव सुपेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।
