‘छहरा छाँगा’ बोलको गीत सार्वजनिक

खोटाङ, १७ माघ । खोटाङका संगीतकर्मीहरुले तयार पारेको ‘छहरा छाँगा’ बोलको गीत सार्वजनिक गरिएको छ । माघ १६ गते दिक्तेलमा आयोजित बाँसुरी वादन प्रतियोगीताको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले मोबाईलमा ‘प्ले’ गरेर साउण्ड सिस्टममा बजाएर गीत सार्वजनिक गरेका हुन् ।

गायक तथा संगीतकार स्वर भक्त बिश्वकर्मा र केदार अनुरागीको स्वर रहेको गीतलाई खबरमल्टी यू–युटब च्यानलमा अपलोड गरिएको छ ।

कृष्णप्रसाद आचार्यको शव्द र भक्त बिश्वकर्माको संगीत रहेको गीत प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियो, काठमाडौंमा रेकड गरिएको हो । करुणा फाउण्डेसनको सहयोगमा तयार पारिएको गीतमा राष्ट्रभाव प्रकट गरिएको छ । बीबी अनुरागीको म्यूजिक अरेञ्ज रहेको गीतको रेकर्डिष्टमा गोबिन्द अनेक र कमल थापा छन् ।

गीतको रिदम गिटारमा सन्जीव बराइली, साराङ्गीमा हेमन्त कान्छा रसाइली, रिदममा भुवन गर्वन्ध, बाँसुरीमा गोपाल देव छन् । गीतमा श्यामस्वेत रसाइलीको मिक्सिङ रहेको छ ।

पुरा गीत