राष्ट्रपति रनिङ शिल्डमा राधाकृष्ण मावि प्रथम

खोटाङ, २० माघ । खोटाङको साकेला गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्डमा राधाकृष्ण मावि बाँझेच्यानडाँडाले प्रथम स्थान प्राप्त गरेको छ । माघ १९ गते सम्पन्न अन्तर मावि स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्डमा ८ स्वर्ण, ८ रजत र ५ काँस्य पदक सहित राधाकृष्ण माविले प्रथम स्थान प्राप्त गरेको हो ।

यस्तै, ८ स्वर्ण, ७ रजत र ४ काँस्य पदक जित्दै साकेला मावि, रतन्छा दोश्रो र ५ स्वर्ण, ६ रजत र ७ काँस्य पदक जित्दै बालबालिका मावि मात्तिम नौलाखर्क तेश्रो भएका छन् ।

राधाकृष्ण माविको व्यवस्थापनमा माघ १६ गते उद्घाटन गरिएको प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ३ काँस्य पदक जित्दै सरस्वती मावि मात्तिमबिर्ता चौथो, २ स्वर्ण, ५ रजत र ४ काँस्य जितेको सिद्देश्वरी मावि खिदिमा पाँचौ र चण्डेश्वरी मावि डाँडागाउँ १ काँस्य पदक जितेर छैठौं भएका छन् ।

विजेता खेलाडी तथा विद्यालयलाई गाउँपालिका अध्यक्ष रबिप्रकाश राई, बाँझेच्यानडाँडाका वडाध्यक्ष हेमन राई र शिक्षा, युवा तथा खेलकुद शाखाका संयोजक कबिराज राईले शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरेका थिए ।