
खोटाङ, ७ फागुन । खोटाङमा प्रजातन्त्र दिवसको अवसरमा नेपाल विद्यार्थी संघले दिप प्रज्वलन गरेको छ । प्रजातन्त्र दिवसको अवसरमा नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति र दिक्तेल बहुमुखी क्याम्पस इकाई कमिटिले फागुन ७ गते साँझ दिप प्रज्वलन गरेको हो ।
राणा शासकहरुको १०४ वर्ष लामो वंशीय, निरंकुस र हुकुमी शासनलाई अन्त्या गर्दै मुलुकका प्रजातन्त्रको दियो बालिएको सम्झनामा शुभकामना आदान प्रदानसँगै दिप प्रज्वलन गरिएको हो । नेविसंघका विद्यार्थी नेताहरुको उपस्थितिमा दिक्तेलको त्रिबेणीचोकमा दिप प्रज्वलन गरिएको नेपाल नेपाल विद्यार्थी संघ दिक्तेल बहुमुखी क्याम्पस इकाई कमिटिका अध्यक्ष सोनामहाङ राईले बताए ।
दिप प्रज्वलनका क्रममा खियामा राईले कविता बाचन गरेर सुनाएकी थिईन् ।
