
खोटाङ, ७ फागुन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट युवा संगठन विस्तार गरिएको छ । राप्रपाको फागुन ७ गते भएको भेलाबाट सन्तोष खत्रीको अध्यक्षतामा २५ सदस्यीय राष्ट्रिय प्रजातन्त्रिक युवा संगठन गठन गरिएको हो । संगठनको उपाध्यक्षमा बन्दना राई, सचिवमा अनिल भट्टराई, सह–सचिवमा रबिना राई र कोषाध्यक्षमा शर्मिला थापा (खड्का) चयन भएका छन् ।
राष्ट्रिय प्रजातन्त्रिक युवा संगठनको सदस्यमा नन्द बस्नेत, बिष्णु राई, अनिता खड्का, मोबिहाङ राई, बिपी राई, अनिल राई लगायत छन् । रापप्राले पहिलोपल्ट नगरपालिकामा युवा संगठन गठन गरेको राप्रपाका प्रवक्ता शिवकुमार भट्टराईले जानकारी दिए ।
राप्रपाका जिल्ला अध्यक्ष ललितकुमार राईको प्रमुख आतिथ्यता तथा राष्ट्रिय प्रजातन्त्रिक युवा संगठनका जिल्ला अध्यक्ष नन्द बस्नेतको विशेष आतिथ्यतामा युवा संगठन गठन गरिएको हो ।
