खोटाङमा २५ वटा केन्द्रबाट एसइई परीक्षा सुरु

खोटाङ, ७ फागुन । कुनैबेला ‘आइरन गेट’ मानिने एसइई परीक्षा सुरु भएको छ । खोटाङको दुई नगरपालिका र आठ गाउँपालिकामा निर्धारण गरिएको २५ वटा परीक्षा केन्द्रबाट एसइई परीक्षा सुरु भएको छ । ठीक बिहान ८ बजेदेखि मर्यादित वातावरणमा परीक्षा सुरु भएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख तिर्थबहादुर बिश्वकर्माले बताए ।

खोटाङमा साधारणधारतर्फ २ हजार ४८३ र प्राविधिकधारतर्फ नियमित १७२ जनागरि कुल ३ हजार २२६ जना विद्यार्थीले एसइई परीक्षा फर्म भरेका छन् । साधारणधारतर्फ ५७१ विद्यार्थीले ग्रेड वृद्धिको परीक्षा दिँदैछन् । एसइईमा जिल्लाका ९८ वटा सामुदायीक र ६ वटा निजी माविका विद्यार्थी सहभागी छन् ।