
काठमाडौं, ८ फागुन । बारबरा फाउण्डेसनले खोजमुलक पत्रकारिता फेलोसिप आव्हान गरेको छ । भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा सामाजिक न्यायजस्ता विषयमा गहिरो अनुसन्धान तथा खोज पत्रकारिता गर्न चाहने पत्रकारलाई लक्षित गर्दै फाउण्डेसनले खोजमुलक पत्रकारिता फेलोसिप आव्हान गरेको हो । फेलोसिपका लागि इच्छुक पत्रकारहरूले आगामी चैत मसान्तभित्र प्रस्ताव पेश गर्नुपर्ने फाउण्डेसनले जनाएको छ ।
फेलोसिप अन्तर्गत तयार गरिने अनुसन्धान तथा खोजमूलक सामग्री २०८२ चैत मसान्तभित्र प्रकाशित भइसकेको हुनुपर्ने सूचनामा उल्लेख छ । प्रतिस्तर्धामा उक्त सामग्री पत्रपत्रिका, टेलिभिजन, रेडिया वा डिजिटल पोर्टलमा प्रकाशित/प्रसारित भएको हुनुपर्ने छ । फाउन्डेसनले खोजमूलक पत्रकारिताको विकासमा टेवा पुर्याउने उद्देश्यले फेलोसिप प्रदान गर्दैआएको छ ।
