डढेलोको क्षतीबाट बच्न यस्तो प्रयास

खोटाङ, १४ चैत । डढेलो नियन्त्रणका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा सुरक्षा सावधानीका उपाय अपनाउने निर्णय गरिएको छ ।

डढेलो नियन्त्रण सञ्जालको चैत १४ गते बसेको बैठकले खाल्ले र लफ्याङमा पर्ने सामुदायीक वन तथा वस्तीलाई डढेलोबाट जोगाउनका लागि पुर्वसावधानीका उपाय अवलम्बन गर्ने निर्णय गरेको हो ।

बैठकले खाल्लेमा पर्ने चन्द्रमान राई र भाला सिरुवानी सामुदायीक वन तथा लफ्याङमा पर्ने देउले, चालिसे र जोरआँप सामुदायीक वन वरपर अग्नी रेखा निर्माण गर्ने निर्णय गरेको छ ।

यस्तै, डढेलोबाट जोखिमयुक्त घर पहिचान गरेर डढेलोबाट जोगाउनका लागि ‘नियन्त्रित आगलागी विधि’ अपनाउने, डढेलोबाट बच्न सचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरिएको डढेलो नियन्त्रण सञ्जालका अध्यक्ष सन्तोष घिमिरेले बताए ।