मुढे ब्यारेकमा ११३ जनाको स्वास्थ्य परीक्षण

खोटाङ, १९ चैत । खोटाङको दिक्तेलस्थित रणभीम गण मुढे व्यारेकमा स्वास्थ्य सम्वन्धी जनचेतनामुलक कक्षा, स्वास्थ्य परामर्श तथा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ । व्यारेकमा कार्यरत सैनिक, भुपु सैनिक तथा अवकाश प्राप्त सैनिकका परिवारलाई लक्षित गर्दै नेपाली सेनाले चैत १९ गते स्वास्थ्य सम्वन्धी जनचेतनामुलक कक्षा, स्वास्थ्य परामर्श तथा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा जनरल मेडिसिन, नाक, कान, घाँटी र अर्थोपेडिकसँग सम्वन्धित बिरामीको स्वास्थ्य जाँच गर्नुका साथै औषधि वितरण गरिएको रणभीम गणले जनाएको छ ।

स्वास्थ्य सम्वन्धी जनचेतनामुलक कक्षा, स्वास्थ्य परामर्श तथा स्वास्थ्य परीक्षण कार्यक्रमका लागि सैनिक अस्पताल इटहरीबाट डा. अधिकृत सहितको टोली मुढे व्यारेकमा आएका थिए । गणका अनुसार कार्यक्रमबाट ११३ जना लाभान्वित भएका छन् ।