दिक्तेल इंलिस बोर्डिङ स्कुललाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित बनाउन कार्यक्रम सुरु

खोटाङ, १९ चैत । खोटाङको दिक्तेल इंलिस सेकेण्डरी बोर्डिङ स्कुललाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित विद्यालय बनाउने कार्यक्रम सुरु गरिएको छ । गुणस्तरिय तथा संस्कार सहितको शिक्षा प्रदान गर्ने लक्ष्यका साथ ग्लोबल क्वालिटी काउन्सिलको समन्वयमा दिक्तेल इंलिस बोर्डिङ स्कुललाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित विद्यालय बनाउने कार्यक्रम सुरु गरिएको हो ।

स्कुललाई वर्ष दिनभित्र ‘आइएसओ’को प्रमाण–पत्र प्रदान गर्नेगरि चैत १८ गते ग्लोबल क्वालिटी काउन्सिलका प्रतिनिधि सुदिप शर्मा र दिक्तेल इंलिस सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सीपल धनकर्ण श्रेष्ठबीचमा सम्झौता गरिएको छ । अन्तर्राष्ट्रिय गुणस्तर प्राप्तीका लागि दिक्तेल इंलिस सेकेण्डरी बोर्डिङ स्कुलले ५२ वटा सूचक पुरा गर्नेपर्ने ग्लोबल क्वालिटी काउन्सिलका प्रतिनिधि शर्माले बताए ।

२०४८ सालमा स्थापना गरिएको विद्यालयलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित विद्यालय बनाउनका लागि गत मंसिरबाटै काम सुरु गरिएको हो । बोर्डिङ स्कुललाई आन्तरिक कामका लागि चैत २० गते औपचारिक कार्यक्रमकाबीच ‘आइएसओ’ लोगो प्रदान गर्ने कार्यक्रम तय गरिएको शर्माले जानकारी दिए ।