मानसिक तथा मनोसामाजिक अपाङ्गता भएका ९६ जनाको उपचार

खोटाङ, १९ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मानसिक तथा मनोसामाजिक अपाङ्गता भएका ९६ जनाको उपचार गरिएको छ ।

कोशी प्रदेश, नगरपालिका र करुणा फाउण्डेसनको त्रि–पक्षीय लागत साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्र्थापना कार्यक्रम अन्तर्गत चैत १७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन गरिएको शिविरमार्फत मानसिक तथा मनोसामाजिक अपाङ्गता भएका स्थानीयको उपचार गरिएको हो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र्र दिक्तेलमा आयोजना गरिएको तीन दिने शिबिरमा मेडिसिटि अस्पताल काठमाडौंमा कार्यरत डा. ऋचा अमात्य र कान्तीबाल अस्पतालमा कार्यरत डा. दिनुजा खड्काले मानसिक तथा मनोसामाजिक अपाङ्गता भएका व्यक्तीको उपचार गरेका थिए ।

शिबिरका लागि राष्ट्रिय स्वास्थ्य कोष, समाज कल्याण परिषदबाट औषधि प्राप्त भएको नगरपालिकाका महिला विकास शाखाका निर्मला रिजालले बताईन् ।