ट्याक्टरले ठक्कर दिँदा एकको मृत्यु

खोटाङ, १० बैसाख । ट्याक्टरले ठक्कर दिँदा खोटाङमा एकको मृत्यु भएको छ । प्र.२–०१–००१ त १५६४ नम्बरको ट्याक्टरको ठक्करबाट ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका ४५ वर्षीय यादवराज राईको मृत्यु भएको हो ।

राईलाई बैसाख ९ गते राती राखाबाङदेलको कालिका मावि नजिकै रहेको टर्निङमा ट्याक्टरले ठक्कर दिएको थियो । उनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक सुशान्त मिश्रले बताए । – (विस्तृत समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।)