
खोटाङ, १० बैसाख । खोटाङको खोटेहाङ गाउँपालिकामा अन्तरजातीय विवाह गरेर घरजम बसाएका जोडीलाई सम्मान गरिएको छ । खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीका सुदेश राई र रिता खड्का, शम्भुजित कट्वाल र अम्बिका राई, बिजय सार्की र मुना श्रेष्ठ तथा बिनोद राई र ममता तामाङ दम्पत्तीलाई सम्मान गरिएको हो ।
फरक–फरक समुदायका भए पनि विवाह गरेर घरजम बसाएका जोडीलाई बैसाख १० गते सम्मान गरिएको हो । – (भिडियो सहितको समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।)
