वाइसिएल नगर कमिटि अध्यक्षमा लेखबहादुर रम्तेल

खोटाङ, १२ बैसाख । वाइसिएल दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटि अध्यक्षमा लेखबहादुर रम्तेल चयन भएका छन् । दिक्तेलमा बैसाख १२ गते सम्पन्न वाइसिएलको दोश्रो नगर सम्मेलनबाट रम्तेल सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।

नगर कमिटिको उपाध्यक्षमा ज्ञानेन्द्र बिक र सावित्रा बास्तोला, सचिवमा सुरेन्द्र राई, सह–सचिवमा विवेक राई, बिन्द्र किराती र गणेश रोका तथा कोषाध्यक्ष रोजिना कार्की चयन भएका छन् । नगर सम्मेलन वाइसिएलका केन्द्रीय अध्यक्ष सुवोध शेर्पालीले उद्घाटन गरेका थिए ।

सम्मेलनले रम्तेलको अध्यक्षतामा वाइसिएलको २८ सदस्यीय नगर कमिटि गठन गरेको छ । सम्मेलन अघि वाइसिएलले दिक्तेलबजारमा जुलुस निकालेको थियो ।