
खोटाङ, १६ बैसाख । हरेक पार्टी तथा तिनका नेताहरु जनतालाई उत्पादनसँग जोड्न असफल छन् । उनीहरु उत्पादनका पाठ पढाउँछन् तर सिन्को भाँच्दैनन् । ‘कुराजस्तै काम’ नगर्दा नेताहरुले जनताको बिश्वसनीयता गुमाइरहेका छन् । यही परिवेसका बिच खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा भने नेकपा माओवादी केन्द्रको वडा कमिटिले सामुहिक खेतीको अभ्यास थालेका छन् ।
‘कृषकसँग माओवादी’ कार्यक्रम तया गरेर माओवादी केन्द्रको वडा कमिटिले खुर्साली र सुन्तलाको बेर्ना उत्पादन गरेका छन् । साविकको बाक्सिला–६ डाँडागाउँमा खुर्सानी र साविकको बाक्सिला–५ गैरीगाउँ (वाखा)मा सुन्तलाको बेर्ना उत्पादन गरिएको नेकपा माओवादी केन्द्र वडा कमिटि अध्यक्ष कोशीकुमार राईले बताए । (थप समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।)
