पत्रकार भट्टराई नगद ११ हजार सहित सम्मानित

खोटाङ, २७ बैसाख । खोटाङका पत्रकार राजकुमार भट्टराई सम्मानित भएका छन् । निष्पक्ष एवं स्वतन्त्र पत्रकारिताको माध्यमबाट समग्र खेलकुद तथा सामाजिक क्षेत्रको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै नेपाल खेलकुद प्रतिष्ठान, खोटाङले पत्रकार भट्टराईलाई सम्मान गरेको हो ।

प्रतिष्ठानले पत्रकार भट्टराईलाई दोश्रो बृहत हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव उद्घाटनको अवसरमा बैसाख २७ गते नगद ११ हजार सहित सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, संविधानसभा सदस्य दुर्गाजयन्ती राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले पत्रकार मट्टराईलाई दोसल्ला ओढाएर नगद र सम्मान–पत्र हस्तान्तरण गरेका थिए ।

नेपाल पत्रकार महासंघ शाखा खोटाङका सचिव भट्टराई भ्युज अफ नेपालमा आवद्ध छन् । यस्तै, गोरखापत्र दैनिकको सम्वाददाता र रुपाकोट खबर डटकमका सञ्चालक पनि हुन् ।