
खोटाङ, २९ बैसाख । खोटाङ हलेसी सेवा समाज काठमाडौंको अध्यक्षमा इन्दा थापा चयन भएका छन् । काठमाडौं खहरेचोकस्थित सान बैंकुटमा सम्पन्न समाजको आठौं साधारणसभाबाट थापा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
समाजको प्रथम उपाध्यक्षमा अर्जुन गैरापिप्ली, द्धितीय उपाध्यक्षमा पर्शुराम कटुवाल, तृतीय उपाध्यक्षमा रामजी कटुवाल, महासचिवमा सुरेन्द्र कटुवाल, सचिवमा कुमारबाबु बस्नेत (टिबी), कोषाध्यक्षमा सुब्बा कटुवाल र सहकोषाध्यक्षमा प्रेम केुसी चयन भएका छन् ।
सदस्यमा काजी खडका, प्रकाशराज भण्डारी, लक्ष्मीप्रसाद गिरी, सीता कार्की, अन्जना थापा, दिपक पौडेल र पदम बन्जारा चयन भएका छन् ।
कोसी प्रदेशका भौतिक पुर्वाधार बिकास एवं स्वास्थ मन्त्री भुपेन्द्र राईको प्रमुख आतिथ्यता एवं ॐ अस्पतालका संरक्षक एवं बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको विशिष्ट आतिथ्यतामा समाजको साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा खोटाङ जन्मथलो भइ काठमाडौं कर्मथलो बनाएका २१ जना डाक्टर तथा समाजको अक्षयकोष निर्माणमा सहयोग गर्ने ॐ अस्पतालका संचालक समिति अध्यक्ष टंक बहादुर श्रेष्ठ लगायतलाई सम्मान गरिएको छ ।
