दिक्तेलमा मुन्दुम कला संग्रहालय निर्माणका लागि ३ करोड

खोटाङ, २१ जेठ । खोटाङमा मुन्धुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि सँस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ३ करोड बजेट प्रदान गर्ने भएको छ । २०८० सालमा दिक्तेलमा आयोजना गरिएको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनीका क्रममा बनाइएका चित्रलाई राखेर कला संग्रहालय बनाउनका लागि मन्त्रालयले बजेट उपलव्ध गराउने भएको हो ।

नगरपालिकाले २०८० असोज १७ गतेदेखि असोज २० गतेसम्म दिक्तेलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरेको थियो ।

त्यही चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी कलाकारले बनाएको तथा अन्य चित्रकारले तयार पारेको क्यानभासलाई समावेश गरेर नगरपालिकाले मुन्धुम अन्तर्राष्ट्रिय कला संग्रहालय निर्माण गर्ने तयारी गरेको हो । (भिडियो समाचार Views Of Nepal को फेसबुक पेजमा उपलव्ध छ ।)