आइएसओ प्रमाणित स्कुलमा वातावरणीय शिक्षामुलक सचेतना कार्यक्रम

खोटाङ, २२ जेठ । बिश्व वातावरण दिवसको अवसरमा खोटाङको दिक्तेल इंलिस सेकेण्डरी बोर्डिङ स्कुलमा वातावरणीय शिक्षामुलक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

डिभिजन वन कार्यालय र दिक्तेल इंलिस सेकेण्डरी बोर्डिङ स्कुलको सहकार्यमा जेठ २२ गते वातावरणीय शिक्षामुलक सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । सचेतना कार्यक्रममा बोर्डिङ स्कुलका कक्षा ७, कक्षा ८ र कक्षा ९ का छात्र/छात्रालाई सहभागी गराइएको दिक्तेल इंलिस सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल धनकर्ण श्रेष्ठले बताए । बोर्डिङ स्कुलकै सभाहलमा आयोजना गरिएको कार्यक्रममा डिभिजन वन कार्यालय खोटाङका प्रमुख उदिमप्रसाद राईले सहजीकरण गरेका थिए ।

‘प्लाष्टिक प्रदुषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नारासहित जेठ २२ गते मुलुकभर बिश्व वातावरण दिवस मनाइएको छ । बिश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालयले दिक्तेल बहुमुखी क्याम्पस परिषरमा बृक्षारोपण गरेको थियो ।