
खोटाङ, २६ जेठ । मिर्गौला सम्वन्धी रोगबाट पिडित विरामीलाई २१ लाख प्रदान गरिएको छ । उदयपुरको रौतामाई गाउँपालिका–५ हात्तीपाइले निवासी ३३ वर्षीय विक्रम सारु मगरको उपचारका लागि २१ लाख ३८ हजार ४५७ रुपैयाँ संकलन गरेर हस्तान्तरण गरिएको हो ।
पारिवारिक अवस्था कमजोर भएका कारण बिक्रमको उपचारका लागि गत बैसाख १२ गतेदेखि ‘बिक्रम सारु मगर बचाउ’ अभियान सुरु गरिएको थियो । २१ लाखभन्दा बढी रकम संकलनपछि ‘बिक्रम सारु मगर बचाउ’ अभियान जेठ २५ गते समापन गरिएको छ । मिर्गौलाको रोगबाट ग्रसित बिरामीको जीवन बचाउका लागि ३१८ जनाभन्दा बढी शुभेच्छुक र सहयोगीबाट सहयोग प्राप्त भएको इन्द्रलिमेल मगरले जानकारी दिए ।
संकलन भएको सहयोग रकमको चेक एमाले पोलिटव्युरो सदस्य बिशाल भट्टराई र उदयपुर क्षेत्र नम्बर–२ का प्रतिनिभिसभा सदस्य अम्बर रायमाझीले जेठ २५ गते बिक्रमलाई हस्तान्तरण गरेका छन् । (भिडियो समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।)
