हलेसी तुवाचुङका भुमिहिन सुकुम्बासीलाई जग्गाको निस्सा वितरण सुरु

खोटाङ, २८ जेठ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका ४९ भुमिहिन सुकुम्बासीलाई जग्गाको निवेदन तथा नाप नक्साको निस्सा प्रदान गरिएको छ । भूमि समस्या समाधान आयोग जिल्ला समिति खोटाङले नगरपालिकाका १६६ भुमिहिन सुकुम्बासीमध्ये ४९ जनालाई निस्सा प्रदान गरेको हो ।

जेठ २७ गते नगरपालिकाको सभाहलमा मेयर बिमला राई, उपमेयर रमेश राउत र भूमि समस्या समाधान आयोग जिल्ला समिति खोटाङका अध्यक्ष निर्मल राईले भुमिहिन सुकुम्बासीलाई जग्गाको निवेदन तथा नाप नक्साको निस्सा प्रदान गरेका हुन् । बाँकी भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोबासीलाई सम्वन्धित वडा कार्यालयमार्फत निस्सा प्रदान गर्ने भूमि समस्या समाधान आयोग जिल्ला समिति खोटाङका अध्यक्ष राईले बताए ।

आयोगका अनुसार दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका ६९८ जना भुमिहिन सुकुम्बासीको आवेदन तथा नाम नाल्सिस सिस्टममा समावेस गरिएको छ ।

यसअघिको राष्ट्रिय भूमी आयोग जिल्ला समितिले जिल्लामा ७९२ भूमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोबासीको आवेदन संकलन गरेका थिए ।