
खोटाङ, २९ जेठ । खोटाङमा सर्प उद्धार तथा पुःर्नस्थापना तालिम सञ्चालन गरिएको छ । घरभित्र तथा घर आसपासमा आइपुगेका सर्पलाई सुरक्षित तरिकाले नियन्त्रणमा लिएर जंगलमा लगेर छाड्ने सीप विकासका लागि डिभिजन वन कार्यालयले सर्प उद्धार तथा पुःर्नस्थापना तालिम सञ्चालन गरेको हो ।
सर्प उद्धार तथा पुःर्नस्थापनाको क्षेत्रमा काम गरिरहेको नेचर कन्जरभेसन एण्ड रिसर्च कमिटि जनकपुरका गणेश शाह र ललन यादवलाई जिउँदो सर्प सहित दिक्तेल झिकाएर जेठ २९ गते सर्प उद्धार तथा पुःर्नस्थापना तालिम सञ्चालन गरिएको हो । (विस्तृत समाचार Views Of Nepal को फेसबुक पेजमा उपलव्ध छ ।)
