धुमधामका साथ साकेला उभौलीको विदाई

खोटाङ, ३१ जेठ । खोटाङमा किरात राई समुदायको महान चाड साकेला उभौलीलाई विदाई गरिएको छ । गत बैसाख पुर्णिमाको दिनदेखि मनाउन सुरु गरिएको साकेला उभौलीलाई जेठ ३१ गते विधिवतरुपमा विदाई गरिएको हो । किरात राई यायोक्खा र किरात सेवा समाजको संयुक्त आयोजनामा दिक्तेलको मझुवागढीमा पुगेर सँस्थागत तरिकाले मनाउन सुरु गरिएको साकेला उभौलीलाई दिक्तेलकै माटिकोरे खेलमैदानबाट विदाई गरिएको हो ।

साकेला उभौली विदाईका क्रममा माटिकोरे खेलमैदानमा धुमधामका साथ साकेला नाचिएको छ । साकेला उभौलीको विदाईका क्रममा माटिकोरे दिनभर ढोल, झ्याम्टाले गुञ्जयमान बनेको थियो । विगतका वर्ष साकेला सिली प्रदर्शन वा साकेला सिली प्रतियोगीता गर्दै साकेला उभौली विदाई गर्ने गरिएकोमा यस वर्ष खुलारुपमा साकेला सिली नाच्दै विदाई गरिएको किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातले बताए । (भिडियो सहितको समाचार  Views Of Nepal को फेसबुक पेजमा हेर्न सक्नुहुनेछ ।)