
खोटाङ, ३ असार । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा चितुवाले गाईबाख्रा खाएर आतंक मच्याएको छ । चितुवाले चरनका लागि जंगलमा छाडिएको खसी बाख्रा दिनदिनै खाएर आतंक मच्याएको हो ।
असार ३ गते मात्रै चितुवाले कुमार बुढाथोकीको दुई वटा बाख्रा र टंकनाथ रेग्मीको एक वटा बोका खाइदिएको छ । बुढाथोकीको सँगै छाडिएका तीन वटा बाख्रा अझै भेटिएका छैनन् । गत माघ–फागुन यता चितुवाले ३० वटा बाख्रा खाइदिएको र ६ वटा बेपत्ता बनाएको बुढाथोकीले बताए । (भिडियो सहितको विस्तृत समाचार Views Of Nepal को फेसबुकमा उपलव्ध छ ।)
