
खोटाङ, ७ असार । खोटाङमा नछुङ अर्थात धामीहरुको समिति गठन गरिएको छ । असार ७ गते शुभम फाउण्डेसनको सभाहलमा सम्पन्न भेलाबाट धनीराम नछुङको अध्यक्षतामा ११ सदस्यीय नछुङ संरक्षण समिति गठन गरिएको हो । नछुङ संरक्षण समितिको उपाध्यक्षमा सुखराज राई, कोषाध्यक्षमा प्रस्तुती राई, सचिवमा तेजबहादुर राई र सह–सचिवमा खड्गबहादुर थामसुहाह चयन भएका छन् ।
सदस्यहरुमा मिक्सन राई, कुमार राई, भिमबहादुर राई, जितबहादुर राई, सहरमान राई र सन्जिव राईलाई चयन गरिएको छ । किरात सभ्यता, संस्कृति तथा मुन्दुम संरक्षण केन्द्रको पहलमा जिल्लाका नछुङहरुलाई पहिलोपल्ट संगठित गरिएको हो । मुन्दुमी रिसिया, संस्कृति तथा मुन्दुमी ज्ञानलाई संरक्षण एवं पुस्तान्तरण गर्दै किरात सभ्यताको जग पुःर्नस्थापनाका लागि नछुङ संरक्षण समिति गठन गरिएको हो । कार्यक्रममा उपस्थित नछुङहरुलाई परिचय–पत्र वितरण गरिएको छ ।
यस्तै, खोटाङमा तिलक साम्पाङ किरातको अध्यक्षतामा किरात सभ्यता, संस्कृति तथा मुन्दुम संरक्षण केन्द्र जिल्ला समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा डारविन चाम्लिङ, सचिवमा उदिप चाम्लिङ राई र कोषाध्यक्षमा सुमन राईलाई चयन गरिएको छ । यस्तै, दिपेन्द्र राई, कृष्णकुमार राई र सागर राई समितिको सदस्य चयन भएका छन् । कार्यक्रम माङपा संरक्षण समितिका केन्द्रीय अध्यक्ष ढकबहादुर राईको अध्यक्षता एवं किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा किरात सेवा समाज खोटाङका महासचिव बालचन्द्र राई, किरात साम्पाङ राई जुम्लेखा खोटाङको अध्यक्ष प्रताप राई, किरात सभ्यता, संस्कृति तथा मुन्दुम संरक्षण केन्द्रका केन्द्रीय समिति सदस्य संगीता नाछिरिङ राई लगायतको उपस्थिति रहेको थियो ।
