
खोटाङ, ८ असार । खोटाङको रावाबेँसी गाउँपालिकाले अपांगता भएका व्यक्ति र उनीहरुको परिवारका लागि ५ दिने बाख्रा र सुगुर पालन तालिम सञ्चालन गरेको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्थानीय तह र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारी एवं राष्ट्रिय अपांग महासंघको प्राविधिक सहयोगमा सञ्चालित अपांगता रोकथाम तथा पुःर्नस्थापना कार्यक्रम अन्तरगत अपांगता भएका व्यक्ति र उनीहरुको परिवारलाई सहभागी गराएर बाख्रा र सुगुर पालन तालिम सञ्चालन गरिएको हो ।
असार ४ गतेबाट सुरु गरिएको तालिममा गाउँपालिकाका ६ वडाबाट दुई÷दुई जनाको दरले १२ जनालाई सहभागी गराइएको मिलिजुली समुह हौंचुरका सचिव एबं गाउँपालिका स्तरिय ओपिडिका सह–सचिव प्रेमबहादुर गुरुङले जानकारी दिए ।
तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठ र उपाध्यक्ष कौशिलाकुमारी गुरुङले सहभागीलाई प्रमाण–पत्र प्रदान गरेका थिए । तालिममा पशुसेवा प्राविधिक निरज रावल र भोजराज आचार्यले सहजीकरण गरेका थिए ।
