मात्तिमका किसानलाई मौरीसहितको घार वितरण

खोटाङ, १५ असार । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमका किसानलाई मौरीसहितको घार वितरण गरिएको छ । कोसी प्रदेश सरकारको मौरी पालन प्रवद्र्धन कार्यक्रम अन्तरगत प्राप्त १० लाख सशर्त अनुदानबाट ५३ किसानलाई मौरी सहितको घार वितरण गरिएको हो ।

किसानलाई सेरेना जातको मौरी सहितको उत्तिसको काठबाट बनेको ९७ घार, १५ थान धुँवादानी, १५ थान घुम्टी, ९७ थान कुइनगेट, ९७ थान घरको खुट्टी, १० थान हुल बोक्ने झोला र १० थान ब्रस वितरण गरिएको छ । किसानको ३ लाख ३३ हजार ३३३ रुपैयाँ लागत सहभागीतामा मौरी सहितको घार वितरण गरिएको मात्तिमका वडाध्यक्ष जीवन खत्रीले बताए ।

गाउँपालिकाका उपाध्यक्ष बिर्सिका राई, वडाध्यक्ष खत्री, वडा सदस्य निर्मला राई, हरिहर ढकाल र प्रकाश कट्वालले किसानलाई मौरी सहितको घार वितरण गरेका थिए ।