तीन दिनसम्म सजगता अपनाउन जिल्ला प्रशासन कार्यालय खोटाङको आग्रह

खोटाङ, २४ असार । भारी वर्षाका कारण हुने सम्भावित खतरालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले तीन दिनसम्म सजगता अपनाउन आग्रह गरेको छ ।

खोटाङमा पनि नदी तथा खोलाको वहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिमको पूर्वानुमान गरिएकाले सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै प्रशासनले सतर्कता अपनाउन आव्हान गरेको हो ।

प्रशासनले असार २४ गते सूचना जारी गर्दै सवारी साधन सञ्चालन गर्ने, आवतजावत गर्ने तथा यात्रा गर्ने क्रममा सजगता अपनाउन, अत्यावश्यक परे बाहेक रातको समयमा यात्रा नगर्न र ढिस्को खस्न सक्ने तथा पहिरोको जोखिम क्षेत्रमा हिडडुल गर्दा विशेष सजगता अपनाउन अनुरोध गरेको छ । (थप समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।)