
खोटाङ, ६ साउन । नेपाल विद्यार्थी संघ, जिल्ला समिति खोटाङको अगुवाईमा दिक्तेल बहुमुखी क्याम्पस जाने बाटो मर्मत गरिएको छ । बीपी कोईरालाको ४३ औं स्मृति दिवसको अवसर पारेर नेबिसंघको नेतृत्वमा साउन ६ गते दिक्तेल बहुमुखकी क्याम्पस परिषर आसपासको बाटो मर्मत गरिएको हो ।
क्याम्पसको गेट नजिकै श्रमदानमार्फत बाटो मर्मत गरिएको नेपाल विद्यार्थी संघ, जिल्ला समिति खोटाङका सभापति मोतीचन्द्र राईले बताए । श्रमदानमा क्याम्पसका प्राध्यपक तथा अन्य विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताको पनि सहभागीता रहेको थियो ।
बीपी स्मृति दिवसकै अवसरमा साँझ त्रिबेणीचोकमा दिप प्रज्वलन गर्ने नेबिसंघले जनाएको छ । बीपी स्मृति दिवसको दिन जिल्लामा कांग्रेस चुपचाप बसेको अवस्थामा नेविसंघले गतिविधि देखाएको हो ।
