पहिरोले क्षतीग्रस्त सडक मर्मत गरेर सञ्चालनमा

खोटाङ, ९ साउन । खोटाङको साकेला गाउँपालिकाले पहिरोले क्षतीग्रस्त सडक मर्मत गरेर सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले ग्याबिन जाली पहिरोले बगाएपछि अवरुद्ध बनेको बाँझेच्यानडाँडा–रतन्छा–मानेभञ्ज्याङ सडक मर्मत गरेर पुःन सञ्चालनमा ल्याएको हो ।

बाँझेच्यानडाँडा–रतन्छा–मानेभन्ज्याङ सडकको रुपुवा खोला नजिक लगाईएको ग्याविन जाली गत साउन ६ गते राती पहिरोले बगाएको थियो । गाउँपालिकाको ‘आकस्मिक पूर्वाधार सेवा’ अन्तगत साउन ८ गते गाउँपालिका अध्यक्ष रबिप्रकाश राई नेतृत्वको टोलीले सो सडक मर्मत गरेर सञ्चालनमा ल्याएको हो । (विस्तृत समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।)