खोटाङमा पहिलोपल्ट महिला सिडियो

खोटाङ, १२ साउन । खोटाङका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले नागरिकको शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएकी छन् । प्रमुख जिल्ला अधिकारीको रुपमा खोटाङ आएका श्रेष्ठले साउन १२ गते पत्रकारसँगको परिचयत्मक कार्यक्रममा जिल्लाका नागरिकलाई सुरक्षाको अनुभूति दिलाउने बताएकी हुन् ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सबैले आ–आफ्नो पेशा व्यवसाय ढुक्ककासाथ सञ्चालन गर्ने वातावरण निर्माण गर्ने बताएकी छन् ।

जिल्ला प्रशासन कार्यालय खोटाङले इतिहासमै पहिलोपल्ट महिला सिडियो पाएको हो । गृह–मन्त्रालयले श्रेष्ठलाई खोटाङको ५२ औं सिडियोको रुपमा खटाएको हो । (विस्तृत समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।)