
खोटाङ, १३ साउन । एक वर्षका लागि पार्टीबाट निस्काशनमा परेका कांग्रेस खोटाङका सभापति बिष्णुकुमार राईले कारबाही फुकुवाको माग गरेका छन् । पार्टीबाटै निस्काशित सभापति राईले आफुमाथिको कारबाही पुर्वाग्रही भएको दावी गर्दै पुःनर्विचारका लागि साउन १२ गते कांग्रेस केन्द्रीय समितिमा पुनरावेदन दिएका हुन् । पार्टीबाट कारबाहीमा परेका राईले साँत बुँदे आधारसहित आफुमाथिको कारबाही उल्ट्याउन माग गरेका छन् ।
२०७९ को प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै परेको उजुरीका आधारमा सभापति राई पार्टीबाट निष्कासनमा परेका हुन् । पार्टीको आधिकारिक उम्मेदवारलाई हराउनका लागि भूमिका खेलेको भन्दै कांग्रेस केन्द्रीय अनुशासन समितिको असार १७ गते बसेको बैठकले राईलाई एक वर्षको लागि कांग्रेसको सदस्यबाट निस्काशन गर्ने निर्णय गरेको थियो । (विस्तृत समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।)
