रास्वपाको खोटाङ–काठमाडौं सम्पर्क विभागको सभापतिमा घिमिरे, पालिका संयोजक पनि तोकियो

काठमाडौं, १ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीले खोटाङ–काठमाडौं सम्पर्क विभाग गठन गरेको छ । साउन ३१ गते काठमाडौंमा सम्पन्न भेलाबाट भरतराज घिमिरे सभापति रहेको १९ सदस्यीय सम्पर्क विभाग गठन गरेको हो । सम्पर्क विभागको उपसभापतिमा एलिसा खड्का र सचिबमा यज्ञबहादुर वन चयन भएका छन् । यसअघि रुद्र जोशीको संयोजकत्वमा बनाइएको सम्पर्क विभाग निष्क्रिय भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङको पहलमा विधान अनुसार अर्को विभाग बनाइएको हो ।

सम्पर्क विभागको सदस्यमा पर्शुराम बिष्ट, बलराम कार्की, लोकबहादुर कटवाल, विनोद दाहाल, कृष्णबहादुर थापा, विजय थापा, फडिन्द्र खवास, तिलकबहादुर राउत, नवीन फुयाँल, सोमबहादुर गिरी, कालुराम राई, प्रेमकुमार राई, बिरेन्द्र घिमिरे, खवराज (हरि) गिरी, तिलामायाँ पुरी र नरेन्द्र खनाल छन् ।

यस्तै, ऐसेलुखर्क गाउँपालिकाको संयोजकमा दिपक गिरी, रावाबेसी गाउँपालिकाको संयोजकमा बलराम कार्की, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको संयोजकमा नरनाथ आचार्य, हलेसी तुवाचुङ नगरपालिकाको संयोजकमा तिलकबहादुर राउत, साकेला गाउँपालिकाको संयोजकमा टंकबहादुर भुजेल र जन्तेढुंगा गाउँपालिकाको संयोजकमा रत्नकुमार राई चयन भएका छन् । केन्द्रिय सह–प्रवक्ता रमेश प्रसाईं र सांसद डा. तोषिमा कार्कीको उपस्थितिमा सम्पर्क विभाग गठन गरिएको हो ।

कार्यक्रममा रास्वपा खोटाङको सदस्यता लिने पहिलो व्यक्ती बनेका दिक्तेलका नरनाथ आचार्य र रोजगारीको सिलसिलामा प्रवासमा रहेर संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका लफ्याङका प्रदिप आचार्यलाई सम्मान गरिएको छ ।

रास्वपा खोटाङका सभापति मुकुन्दकृष्ण थापाको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ३७ जना रास्वपा प्रवेश गरेका छन् । धरान, इटहरी, बिराटनगर लगायतका आसपासमा अस्थायी रुपमा बसोबास गरिरहेका रास्वपाप्रेमी जिल्लाबासीलाई संगठित गर्न छिट्टै खोटाङ–तराई सम्पर्क बिभाग गठन गर्ने योजना बनाइएको सभापति थापाले बताए ।

कार्यक्रममा रास्वपा कोशी प्रदेश समिति सदस्य एवं खोटाङका पुर्व जिल्ला संयोजक रबिन्द्र ओझा, सचिव तुला खत्री, सह–सचिव राजन अधिकारी, कोशी–काठमाडौं सम्पर्क बिभागका सदस्य टेकबहादुर थापा मगर, चर्चित हाँस्या कलाकार गोकुल परियार, सामाजिक अभियन्ता रमा बस्नेत लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीलाई गायीका आशा लामा (ज्ञानमाला), सन्जु न्यौपाने र गायक प्रेमबाबु वनले गीतमार्फत मनोरञ्जन दिलाएका थिए ।