
खोटाङ, १७ भदौ । खोटाङमा ट्रकका सह–चालकको रगत उल्टी गरे लगत्तै मृत्यु भएको छ । भदौ १७ गते मिरचैयाबाट दिक्तेल जाँदै गरेको प्रदेश १–०२–००२ ख ०८०२ नम्बरको ट्रकका सह–चालक ३२ वर्षीय जीवन बरुवालको मृत्यु भएको हो ।
उदयपुरको कटारी नगरपालिका–३ सिम्ले ठेगाना भएका सह–चालक बरुवाल हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको ऐसेलुखर्क पुगेपछि अचानक ‘गार्हो भयो’ भन्दै ट्रकबाट ओर्लिएका थिए ।
ओर्लिएपछि सडकको नालीमा रगत उल्टी गरे लगत्तै बरुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । लासको कानूनी प्रकृया पुरा गरेपछि पोष्टमार्टमका लागि कटारी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
