खोटाङमा ‘जेन जी’को बिरोध र्‍याली

खोटाङ, २३ भदौ । खोटाङका ‘जेन जी’ पुस्ताले देशमा बढ्दो भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेका छन् । भ्रष्टाचार र बेथितिले सिमा नाघ्दा देशमा फ्रष्टेसन निम्त्याएको भन्दै ‘जेन जी’ पुस्ताले भदौ २३ गते दिक्तेलबजारमा विरोध प्रदर्शन गरेका हुन् । काठमाडौं, सुनसरी लगायतका ठाउँमा अप्रिय घटना हुँदा खोटाङका ‘जेन जी’ पुस्ताले भने शान्तिपूर्ण बिरोध प्रदर्शन गरेका छन् ।

स्थानीय दिक्तेल युवा समाजको नेतृत्वमा त्रिबेणीचोकबाट सुरु भएको ‘जेन जी’को बिरोध र्‍याली हाटडाँडा पुगेर पुःन त्रिबेणीचोक हुँदै रत्नपार्क पुगेर टुंगिएको थियो ।

र्‍यालीमा मावि तहका विद्यार्थी स्कुलको पोशाकमै सहभागी बनेको देखिएको थियो । भ्रष्टाचार अन्त्या हुनुपर्ने र विदेसिन बाध्य युवालाई स्वदेशमै केही गर्ने वातावरण निर्माण गर्नुपर्ने मागमा बिरोध प्रदर्शन गरिएको दिक्तेल युवा समाजका आजिवन सदस्य समीर दंगालले बताए । (थप समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।)