गजल/साहित्य

पर्शुराम धिमाल (खोटाङे)
पोल्याण्ड, २१ भदौ ।

अगाडि फूल देखाइ पछाडि छुरा हान्नेलाई श्रदाञ्जली
ज्युँदै मारी मसानघाटबाट पारी तान्नेलाई श्रद्धाञ्जली ।

बालापन थिएन, अझै बयस्क त भएकै थियौ तिमी
गलत बाटो सिकाइदिए अरुले, कुरा मान्नेलाई श्रदाञ्जली ।

असल, खराब छुट्ट्याउन नसक्ने कस्तो त्यो बौद्धिकता ?
आफ्नोलाई पराइ पारी, अर्काको हात छान्नेलाई श्रद्धाञ्जली ।

गाउँ समाजमा यस्तै तस्तै भाइरस धेरै पलाइ सके
गाउँ, समाज, घरहरु भाँड्न जान्नेलाई श्रद्धाञ्जली ।

यता ठिक्क, उता ठिक्क दोहोरो चरित्रका
हिंस्रक दानवरुपी भए पनि मानव भन्नेलाई श्रद्धाञ्जली ।
-इटहरी–१८ सुनसरी, हाल पोल्यान्ड