नेपाली सेनामा भर्ना हुने अवसर, खोटाङका युवाले मुढे व्यारेकमा दरखास्त दिन सक्ने

खोटाङ, २९ कात्तिक । नेपाली सेनामा भर्ना हुने अवसर खुलेको छ । नेपाली सेनाले कात्तिक २८ गते सूचना प्रकाशित गर्दै विभिन्न सैन्य पदमा दरखास्त आव्हान गरेको हो । खोटाङका इच्छुक युवाले रणभीम गण, मुढे व्यारेकमा दरखास्त दिन सक्ने नेपाली सेनाले जनाएको छ ।

भर्नाका लागि कात्तिक २८ गतेदेखि मंसिर २७ गतेसम्म दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ । विलम्ब दस्तुरमा भने पुस ५ गतेसम्म दरखास्त दिन सकिने रणभीम गण, मुढे व्यारेकले जनाएको छ ।

योग्यता पुगेका युवा युवतीलाई नेपाली सेनाको आधिकारिक वेबसाइट www.vacancy.nepalarmy.mil.np मा दरखास्त फाराम भरेर सोको प्रिन्ट सहित भर्ना केन्द्रमा सम्पर्क गर्न आव्हान गरिएको छ । (विस्तृत समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।)