खोटाङका करदातामध्ये सबैभन्दा बढी कर तिर्नेमा सालपा विकास बैंक

खोटाङ, २ मंसिर । खोटाङको सालपा विकास बैंकले उत्कृष्ट करदाताको सम्मान पाएको छ । खोटाङका सात हजार करदातामध्ये आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा बढी आयकर तिर्ने सालपा बिकास बैंकलाई सम्मान गरिएको हो । सबैभन्दा बढी कर तिर्ने बैंकलाई करदाता सेवा कार्यालय, खोटाङले १४ औं राष्ट्रिय कर दिवसको अवसर पारेर मंसिर १ गते सम्मान गरेको हो ।

आयकर दाखिला गर्ने करदातामध्ये सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएकाले सालपा विकास बैंकलाई सम्मान गरिएको करदाता सेवा कार्यालय खोटाङका प्रमुख कर अधिकृत कुमारी सैंजुले बताएकी छन् । (थप समाचार Views Of Nepal को पेजमा राखिएको छ ।)