
खोटाङ, १ पुस । खोटाङमा १६ औं जिल्ला स्तरिय कराते तथा चौथो जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला स्तरिय कराते प्रतियोगितामा दिक्तेल डोजोले प्रथम र हलेसी कराते डोजोले दोश्रो स्थान प्राप्त गरेको छ । दिक्तेल डोजोले ८ स्वर्ण, ६ रजत र १५ कास्य सहित प्रथम स्थान प्राप्त गरेको हो । यस्तै, ३ स्वर्ण, ५ रजत र ७ कास्य सहित हलेसी कराते डोजो दोश्रो स्थान प्राप्त गरेको हो ।
जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगितामा खोटाङ तेक्वान्दो डोजाङ प्रथम, बाक्सिला तेक्वान्दो डोजाङ दोश्रो र ऐसेलुखर्क तेक्वान्दो डोजाङ तेश्रो भएको छ । ८ स्वर्ण, १० रजत र १५ कास्य सहित खोटाङ तेक्वान्दो डोजाङले प्रथम, २ स्वर्ण, १ रजत र ३ कास्य सहित बाक्सिला तेक्वान्दो डोजाङले दोश्रो र २ स्वर्ण, १ रजत र २ कास्य सहित ऐसेलुखर्क तेक्वान्दो डोजाङले तेश्रो स्थान प्राप्त गरेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजना भएको चौथो अन्तरमावि राष्ट्रपति रनिङ शिल्ड अन्तरगत भएको करातेमा दिक्तेल अंग्रेजी बोर्डिङ स्कुलले प्रथम, सरस्वती माविले दोश्रो र माउण्ट एभरेष्ट बार्डिङ स्कुलले तेश्रो स्थान प्राप्त गरेको छ । ७ स्वर्ण, ४ रजत र ६ कास्य सहित दिक्तेल अंग्रेजी बोर्डिङ स्कुलले प्रथम, ५ स्वर्ण, ६ रजत र ६ कास्य सहित सरस्वती माविले दोश्रो र १ रजत र १ कास्य सहित माउण्ट एभरेष्ट बोर्डिङ स्कुलले तेश्रो स्थान प्राप्त गरेको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता अन्तरगतको तेक्वान्दोमा ८ स्वर्ण, ५ रजत र ६ कास्य सहित दिक्तेल अंग्रेजी बोर्डिङ स्कुल प्रथम, २ स्वर्ण, १ रजत र १ कास्य सहित हिमालय मावि सोल्मा दोश्रो र १ स्वर्ण, २ रजत र ४ कास्य सहित सरस्वती मावि तेश्रो भएको आयोजकले जनाएको छ ।
नेपाल कराते महासंघ र नेपाल तेक्वान्दो संघको आयोजनामा जिल्ला स्तरिय कराते तथा चौथो जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको हो ।
