बाईक दुर्घटनामा खोटाङमा एक जनाको मृत्यु

खोटाङ, ४ पुस । बाईक दुर्घटनामा खोटाङमा एक जनाको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा बाईक दुर्घटना हुँदा गम्भीर घाइते बनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ५५ वर्षीय पदमबहादुर खड्काको मृत्यु भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका दिनेश आचार्यले चलाएको प्र १०५००१ प १७६४ नम्बरको बाईकको पछाडि बसेका खड्कालाई गम्भीर अवस्थामा उद्धार गरेर जिल्ला अस्पतालमा पुर्‍याइएको थियो ।

पुस ४ गते साँझ ६ बजे बाईकसँगै सडकबाट करिब १५० मिटर तल खसेका खड्कालाई ८.३४ बजे मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटनाको विषयमा आचार्य आफैले प्रहरीलाई जानकारी दिएका थिए । आचार्यले मापसे सेवन गरेको अवस्थामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।