राप्रपा खोटाङद्धारा उम्मेदवार सिफारिस

खोटाङ, ७ पुस । आगामी फागुन २१ गते तोकिएको निर्वाचनका लागि राप्रपा खोटाङले उम्मेदवार सिफारिस गरेको छ । राप्रपाले प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको हो । निर्वाचनका लागि प्रत्यक्षतर्फ गुणराज राजभण्डारी, सर्जु श्रेष्ठ र आदिवासी जनजाती महिलातर्फ कृष्णकुमारी राईलाई सिफारिस गरिएको राप्रपा खोटाङका अध्यक्ष ललितकुमार राईले बताए ।

यस्तै, समानुपातिकतर्फ आदिवासी जनजाती महिलातर्फ बिजयकला राई, खस आर्यतर्फ शिवकुमार खत्री र दलित महिलातर्फबाट भरुमायाँ बिश्वकर्मालाई सिफारिस गरिएको छ ।