नेपाली कम्यूनिष्ट पार्टी खोटाङले टुंग्यायो उम्मेदवार

खोटाङ, १२ पुस । नेपाली कम्यूनिष्ट पार्टी खोटाङले फागुन २१ गते तोकिएको निर्वाचनका लागि उम्मेदवारको नामावली सिफारिस गरेको छ । नेपाली कम्यूनिष्ट पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ७ जना र समानुपातिकतर्फ १० जनाको नाम सिफारिस गरेको हो ।

पुस ११ गतेको बैठकबाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पुर्वसांसद टंक राई, देवान चाम्लिङ, प्रतीक कार्की, भीम राई, रामकुमार राई, शम्भु घिमिरे र हरि रोकाको नाम सिफारिस गरिएको छ । यस्तै, समानुपातिकतर्फ टंकनाथ तामाङ, तेजमायाँ राई, देवराज राई, दुर्गाजयन्ती राई, पर्शु बिक, मिलन श्रेष्ठ, रमिला गुरुङ, शुभलाल राई, समिता कार्की र हरिश्चन्द्र गिरीलाई सिफारिस गरिएको छ ।

पार्टी एकीकरणका क्रममा नेपाली कम्यूनिष्ट पार्टीमा भित्रिएका नेताहरु पनि उम्मेदवारका रुपमा सिफारिसमा परेका छन् ।