सडक मर्मतमा श्रम संस्कृति पार्टी

खोटाङ, १२ पुस । श्रम संस्कृति पार्टीमा आवद्ध श्रमदाताले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा सडक मर्मत गरेका छन् । श्रम संस्कृति पार्टीमा आवद्ध श्रमदाताले साविकको सल्ले–६ निसंखेको टर्निङबाट साविकको सल्ले–९ तल्लोचिचिङ्गा जोड्ने करिब चार किलोमिटर सडकखण्ड मर्मत गरेका हुन् । तल्लो चिचिङ्गा टोल कमिटिको आग्रहमा पुस १२ गते सडक मर्मत गरिएको श्रम संस्कृति पार्टीका जिल्ला सदस्य सन्तोष श्रेष्ठले जानकारी दिए ।

तल्लोचिचिङ्गा टोल कमिटिका संयोजक देउराज राईको नेतृत्वमा श्रमदानबाट कच्ची सडकको नाली निर्माण गरिएको छ । वर्षाको समयमा सडकको ठाउँठाउँमा खसेको पहिरो पन्छाइएको छ । यस्तै, सडकको साँघुरो भएको ठाउँमा डिलमा पर्खाल हालिएको श्रेष्ठले बताए । श्रमदानमा श्रम संस्कृति पार्टीका जिल्ला कोषाध्यक्ष कौशिला राई, जिल्ला कमिटि सदस्य खगेन्द्र राई, नगर संयोजक महाबीर राई लगायत ५० जनाको सहभागीता रहेको थियो ।