
खोटाङ, १४ पुस । राप्रपाको दिक्तेल रुपाकोट मझुवागढी नगर समितिको अध्यक्षमा चन्द्रकुमारी राई ‘तारा’ निर्वाचित भएका छन् । पुस १४ गते सम्पन्न तेश्रो अधिबेसनबाट ताराको अध्यक्षतामा राप्रपाको ७५ सदस्यीय नगर समिति गठन गरिएको हो । नगर समितिको उपाध्यक्षमा सौराज राई, सचिवमा राजकुमार खड्का र कोषाध्यक्षमा भरुमायाँ बिश्वकर्मा चयन भएका छन् ।
राप्रपाको केन्द्रीय कार्य सम्पादन सदस्य अर्जुन राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य बिजयकला राई, जिल्ला अध्यक्ष ललितकुमार राई, युवा विभागको विभागीय सदस्य गुणराज राजभण्डारी, युवा संगठनका केन्द्रीय सह–संयोजक सर्जु श्रेष्ठ, राप्रपाका जिल्ला सचिव मिनुहाङ राई लगायतको उपस्थिति रहेको थियो ।
