
खोटाङ, १६ पुस । गैर–कानुनी रुपमा बस्दै आएका चिनिया नागरिक खोटाङको हलेसीबाट पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको हलेसी मन्दीर क्षेत्रमा गैर–कानुनी रुपमा बसोबास गर्दैआएका जियायो जियायीन नाम बताउने चिनिया महिला पक्राउ परेकी हुन् ।
हलेसीमा गैर–कानुनी रुपमा बसोबास गर्दैआएको गोप्य सूचनाको आधारमा चिनिया महिलालाई पुस १५ गते इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरिक्षक आकाश उप्रेतीको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका महिलालाई अध्यगमन विभाग कालिकास्थान, काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
प्रहरीका अनुसार चिनिया महिलाले सेन्झेन ग्वाङडोङ प्रदेश नन्याङ रोड जिङसुइ जिल्लाबासी भएको बताएकी छन् ।
