वृद्धवृद्धालाई सशस्त्र प्रहरीको सम्मान

खोटाङ, २ माघ । खोटाङमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हेडक्वाटर हलेसीले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । २५ औं शसस्त्र प्रहरी दिवसको अवसर पारेर सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हलेसीले माघ २ गते ३५ जना ज्येष्ठ नागरिकलाई न्यानो टोपी वितरण गर्दै सम्मान गरेको हो । चिसो मौसममा लगाउने उनीको टोपी वितरण गर्दै वृद्धवृद्धालाई सम्मान गरिएको सशस्त्र प्रहरीले जनाएको छ । ज्येष्ठ नागरिकको दिक्तेलस्थित कार्यालयमा ज्येष्ठ नागरिकलाई न्यानो टोपी वितरणसँगै खाजा खुवाइएको छ ।

सशस्त्र प्रहरी बल नम्बर ७ हलेसी गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र न्यौपाने र सशस्त्र प्रहरी निरीक्षक समराज खड्काले ज्येष्ठ नागरिकलाई सम्मान गरेका थिए । सम्मान पाएका वृद्धवृद्धाले सशस्त्र प्रहरीलाई धन्यवाद ज्ञापन गर्दै थप उन्तती प्रगतीको कामना गरेका छन् ।